काठमाडौं । सरकार र पेट्रोलियम व्यावसयीबीच हिजो साँझ भएको वार्ता पनि असफल भएको छ । सरकारले ल्याएको पेट्रोलियम पदार्थ तथा ग्याँस कारोबार नियमन आदेश २०६९ को खारेजीको माग गर्दै ब्यवसाय नै ठप्प पार्ने चेतावनी दिँदै आएका व्यवसायी र सरकारबीच हिजो दुई चरणमा भएको वार्ता सहमतिमा पुग्न नसकेको हो ।
दिउँसो वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशी र ब्यवसायीहरुबीच भएको वार्तामा सहमति नभएपछि साँझ अर्थ तथा आपूर्तिमन्त्री शंकर कोइरालाले व्यावसायीहरुसँग वार्ता गरेका थिए ।
तर, मन्त्रीसँगको वार्तामा पनि व्यावसायीहरुले नियमन अध्यादेश पूरै खारेज गर्नुपर्ने अडान लिएकाले सहमति हुन नसकेको जनाइएको छ । त्यसअघि दिउँसोको वार्तामा व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिने र सरकारले नियमन आदेशका केही बुँदामा संशोधन गर्ने संकेत गरेको बताइएको थियो ।
तत्कालीन सरकारले गत फाल्गुन ३० गतेदेखि लागू गरेको पेट्रोलियम तथा ग्याँस कारोबार नियमन आदेश २०६९ व्यवसायीको हीतमा नभएको भन्दै फिर्ता गर्न माग गर्दै आएका छन् ।
उनीहरुले नियमन आदेश फिर्ता गर्न चैत्र २५ गतेसम्मको अल्टिमेटम दिएका छन् ।
RSS