रौतहट । रौतहट जिल्ला वन कार्यालय प्रमुख नन्दलाल यादवलाई कारवाहीको माग गर्दै एकीकृत माओवादीका कार्यकर्ताले आज वन कार्यालय तोडफोड गरेका छन् । तोडफोडबाट कार्यालयको भवनमा क्षति पुगेको छ ।
प्रदर्शनकारीले वन कार्यालयको प्रतिक्षालयमा आगलागी गर्नुका साथै एउटा पिकअप भ्यानमा क्षति पु-याएका छन् ।
चार सयको संख्यामा आएका माओवादीका कार्यकर्ताले तोडफोड सुरु गरेपछि स्थिति नियन्त्रणमा लिन वन सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
त्यसक्रममा दुई पक्षबीच झडप भएपछि वन सुरक्षाकर्मीले ११ राउण्ड हवाई फायर गरेका थिए ।
काठ तस्करलाई कारवाही गर्दा एकीकृत माओवादीका कार्यकर्ता विरोधमा उत्रिएको आरोप वन कार्यालय प्रमुख यादवले लगाएका छन् ।
RSS