काठमाडौं चैत्र २२ । पर्यटन मन्त्री रामकुमार श्रेष्ठले तीन महिनाभित्र ठुला दुई वटा विमान खरिद गर्न विमान कम्पनीसँग सम्झौता गरिने बताउनुभएको छ ।
विहिबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले दुई वटा साना विमान भने दुई महिनाभित्रै ल्याउने दाबी गर्नुभयो । तीन महिनाभित्र विमान ल्याउन सम्झौता गरी सन् २०१५ को फेबु्रअरी महिनासम्ममा विमान ल्याइसक्ने उहाँको भनाइ छ । त्यसअघि नेपाल वायुसेवा निगमलाई आवश्यक विमान भाडामा ल्याउने पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।
तीन महिनाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक सुधार ल्याउने दाबी गर्दै उहाँले नेपाल वायुसेवा निगमको भाडा समेत छिट्टै समायोजन गरिने बताउनुभयो । कार्यक्रममा पर्यटन सचिव सुशील घिमिरेले विमान खरिद प्रक्रियाका लागि मन्त्रालयको तयारी पूरा भएको भन्दै जमानी बस्ने र ऋण दिनेबारेमा अड्किएको बताउनुभयो ।
RSS