सुनको मूल्य पुनः उकालो

काठमाडौं  । शुक्रबार सुनको मूल्य पुनः उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा सुनको मूल्य तोलामा ५ सयले बृद्धि भयो । 

यस दिन नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य तोलाको ५२ हजार ५ सय कायम गरेको हो । विहिबार भने एकैदिन तोलामा ८ सय रुपैयाँले कमी आएको थियो । यसदिन चाँदीको भाउमा पनि बृद्धि आयो । 
विहिबार तोलाको ८ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा १५ रुपैयाँले बढेर ९ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
rss