पाँचथर । लगातारको बन्दका कारण पूर्वी नेपालको जनजीवन कष्टकर बन्दै गएको छ । संघीय लिम्वुवान राज्य परिषद्ले गरेको पूर्वका नौ जिल्ला बन्दको कारण आज दोस्रो दिन पनि जनजीवन ठप्प छ । ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, तेह्थुम, धनकुटा, संखुवासभालगायत नौ जिल्लामा लामो तथा छोटो दुरीका यातायातका साधन चलेका छैनन् ।
शैक्षिकसंस्था, पसल, कलकारखाना ठप्प छन् । धनकुटा, तेह्रथुम र पाँचथरको सिमावर्ती गाविस वुधबारेमा मतदाता नामावली संकलन भइरहेको समयमा विरोध गर्ने कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै परिषदले बन्द गरेको हो ।
उनीहरुले पक्राउ परेकालाई रिहा नगरेसम्म बन्द जारी राख्ने चेतावनी दिएका छन् । केहि समय अघिबाट पूर्वमा चुनावको विरोधमा परिषदले फोटो सहितको मतदाता नामावली संकलनमा अवरोध गर्दै आएको छ । यस अघि यातायात मजदुरले पूर्वका जिल्ला बन्द गराएका थिए ।
रासस



