समलिङी/तेस्रोलिङीले पनि आशन्न संविधान सभाको निर्वाचनमा उम्मेद्वारी दिने

बनेपा । विगत दशवर्ष यतादेखि आफ्नो पहिचान खुलाएर हक अधिकारका लागि लड्दै आएका समलिङी/तेस्रोलिङीले पनि आशन्न संविधान सभाको निर्वाचनमा उम्मेद्वारी दिने बताएका छन् । समलिङी/तेस्रोलिङीहरुको मातृ संस्था निलहिरा समाजका संस्थापक अध्यक्ष सुनिलबाबु पन्तले संविधानमै आफ्नो समुदायको अधिकार सुरक्षित गर्न आशन्न संविधान सभाको निर्र्वाचनमा उम्मेद्वारी दिने बताएका हुन् ।
 
दक्षिण एशियाली मुलुकहरु मध्ये संविधान निर्माण गर्ने जस्तो महत्वपूर्ण स्थानमा सभाषद भएर पन्तले यसअघि नै प्रतिनिधित्व गरिसकेका छन् । निलहिरा समाजले शनिबार काभे्रको बनेपामा आयोजना गरेको