काठमाडौं । नेपाल बैंक लिमिटेडले आगामी जेष्ठ देखि आफ्ना शेयरधनीहरुका लागि साढें ३ अर्ब बढीको हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले आफ्नासाविकका शेयरधनीका लागि १ शेयर बराबर साढे ९ कित्ता बराबर अनुपातमा सय रुपैयाँ अंकित दरको ३ करोड ६१ लाख कित्ता हकप्रद शेयरको निष्काशन तथा विक्रि खुला गरेको हो । हकप्रद शेयर आगामी जेठ ९ गते विहीवार देखि असार १२ गते बुधवार सम्म खुल्ला रहने बैंकले जनाएको छ ।
हकप्रद शेयर मार्फत पूँजीकोषमा तीन अर्ब ६१ करोड छयानब्बे लाख रुपैयाँ थप भई बैंकको चुक्ता पूँजी चार अर्ब पुग्ने बैंकले जनाएको छ । बैंककोे धितोपत्र निष्काशन तथा विक्रि प्रबन्धनको जिम्मा नागरिक लगानी कोष र सह



