शेयर बजार नेप्सेमा सुधार आउन सकेन

काठमाडौं  । साताको अन्तिम दिन बिहीबार पनि शेयर बजार वियरिष ट्रेण्ड मै थामियो । कारोबार सुरु भएदेखि निरन्तर उतार चढावबीच यस दिन पनि बजार परिसूचक नेप्से नगन्य अंकले ऋणात्मक मै थामिएको हो ।


बैंक र वित्त समूह नगन्य अंकले ऋणात्मक रहेसंगै अरु सबै समूह सकारात्मक रहँदा पनि नेप्सेमा सुधार आउन सकेन । नेप्से ४ सय ८६ दशमलब दुई आठ कायम भयो ।


यस दिन नेपाल स्टक एक्सचेन्जमा ८५ कम्पनीको ६ लाख ३४ हजार कित्ता शेयर ४ करोड ३७ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । नेपाल बैंकको बुक क्लोज पछिको कारोबारमा ३ सय ८७ को उच्च गिरावट आयो ।


बैंकको शेयर १ सय ४५ रुपैयाँमा आइपुग्यो । यस्तै, नबिल ब्यालेन्स इन्भेष्टमेन्ट फण्डको ४ लाख ९१ हजार कित्ता शेयर खरिद बिक्री भएसँगै शेयर संख्या उचालिएको हो ।

 

rss