ढाका । बंगलादेशको राजधानी ढाकामा १७ दिनअघि भत्किएको भवनको भग्नावशेषबाट एक महिलालाई जिउँदै उद्दार गरिएको छ ।शरीरमा चोटपटक समेत नलागेकी ती महिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । ती महिलाले उद्दारकर्मीहरुको आवतजावतको आवाज सुनेर बारम्बार बोलाउने गरेको तर आपूmलाई थिचेको भग्नावशेष छिचोलेर बाहिर निस्कन सक्ने अवस्था नरहेको बताएकी छन् ।



