कर्णालीमा बस पल्टिंदा दुईको मृत्यु, १२ घाइते

 कैलालीको टिकापुरबाट कालिकोट जाँदै गरेको बस दैलेखको सिगौडी ६ साई गाउँमा दूर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मध्यपश्चिम यातायातको ना३ख ४७९३ नम्बरको बस दूर्घटना हुँदा आछामकी १५ वर्षीया लक्ष्मी विष्टको मृत्यु भएको हो । 

दूर्घटनामा मृत्यु हुने अर्का एक जनाको भने सनाखत हुन सकेको छैन । घटनामा १२ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि धनगढी ल्याउन प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

घटनास्थल कैलाली सदरमुकामबाट छ घण्टा र कालिकोट सदरमुकामबाट चार घण्टाको दूरीमा पर्छ ।