फूङलिङ । ताप्लेजुङमा रासायनिक मलमा कालोबजारी बढेको छ । रासायनिक मलजन्य वस्तु विक्री वितरणका लागि निश्चित मापदण्ड र मुल्य निर्धारण भएपनि विक्रेताले मापदण्ड विपरितको मूल्यमा विक्री गरिरहेंका छन् । बिक्रेताहरुले बोरोमा ५ सय रुपैयाँसम्म बढी रकम लिएर विक्री गर्दै आएको किसानहरुको गुनासो छ ।
जिल्लाको पश्चिमी ढुङगेसाँघु, खाम्लुङ र चाँगे गाउँ विकास समितिका स्थानीय सहकारी संस्थाहरुले अत्याधिक मुल्य बृद्धि गरी मल विक्रि गरिरहेका छन् भने जिल्लाको पूर्वी लिम्बुदिन र साब्लाखु गाविसका सहकारीले पनि चर्को मूल्यमा रासायनिक मल विक्री गरिरहेका किसानहरुको गुनासो छ । उता, पूर्वी क्षेत्रको स्थानीय व्यापारिक केन्द्र पाँचथरको थर्पूबजारमा पनि प्रति बोरा मल दुई हजार रुपैयांसम्ममा अवैध रुपमा विक्री वितरण हुँदै आएको किसानहरुले बताएका छन् ।



