प्युठानको बिजुवारबाट बाहनीतर्फ जाँदै गरेको बस धर्मावती १ गेजवाङमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । लु १ ख ५५७५ नम्बरको बस सडकमा चिप्लिएको हो ।
सडक ग्राबेलिङका लागि माटो राखिएको माटोमा बस चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनाका घाइतेलाई जिल्ला अस्पताल ल्याइएको छ । घटनास्थलमा अहिले पानी परिरहेको छ । थप समाचार आउन बाँकी ..
-RSS