मजदुरहरुको न्युनतम पारिश्रमिक ८ हजार रुपैया हुने

काठमाडौं  । मजदुरहरुको न्युनतम पारिश्रमिक ८ हजार रुपैया हुने भएको छ ।

 

गए राति सकिएको सरकारी अधिकारी, निजी क्षेत्रका रोजगारदाता र ट्रेड युनियन प्रतिनिधिहरुको वार्तामा न्युनतम पारिश्रमिक ८ हजार रुपैया बनाउने सहमति भएको हो । यसअघि मजदुरको न्युनतम पारिश्रमिक ६ हजार २ सय रुपैया थियो ।

 

मजदुरहरुको दैनिक ज्याला भने ३ सय १८ रुपैया तोकिएको छ ।

 

यसअघि दैनिक ज्याला २ सय ३१ रुपैया थियो । यो सहमतिका प्रावधान अनुसार राजपत्रमा सूचना प्रकाशित भएपछि नयां पारिश्रमिक लागु हुनेछ ।

 

ट्रेड युनियनहरुले मजदुरको न्युनतम पारिश्रमिक १२ हजार हुनुपर्ने माग गदै आएका थिए ।

 

RSSS