सुनको भाउ उकालो लाग्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै सोमबार भने स्थानीय बजारमा सुनको भाउ उकालो लाग्यो । अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा २ सयले बृद्धि भएर ५० हजार ८ सय २ रुपैयाँ पुग्यो ।


आइतबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर तोलाको ५० हजार ६ सय कायम भएको थियो ।


त्यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघले सोमबार तेजाबी सुनको मूल्य १० ग्रामको ४३ हजार ३ सय ४० अर्थात् तोलको ५० हजार ५ सय ५२ रुपैयाँ तोकेको थियो ।


त्यस्तै यस दिन चाँदीको भाउ पनि केही उक्लियो । चाँदी तोलाको ८ सय ७० रुपैयाँमा कारोबार भयो । अन्तर्राष्ट्रिय बजारमा सोमबार दिउँसो सुन प्रतिऔंस १३ सय ९२ डलरको हाराहारीमा कारोबार भएको थियो ।

 

RSS