काठमाडौं । कृषिप्रधान मुलुक भएर पनि नेपालमा अझै दैनिक करिब ३ लाख लिटर दूध अपुग हुँदै आएको छ । नेपालमा दैनिक १० लाख लिटर दूधको माग रहेपनि उत्पादन भने सात लाख लिटर मात्रै रहदै आएको दूग्ध विकास केन्द्रले जनाउँदै आएको छ ।
स्वदेशमा आवश्यक मात्रामा दूध उत्पादन हुन नसक्दा भारतमा भर पर्नुपर्ने अवस्था विद्यमान छ । वार्षिक प्रतिव्यक्ति ५ लिटर दूध अभाव भैरहेको छ ।
सरकारले ५७ लिटर प्रतिव्यक्ति वार्षिक दूध उपभोग गर्नुपर्ने तोकेको छ । तर, प्रतिव्यक्ति ५२ लिटर मात्रै उपभोग भइरहेको जनाइएको छ । कृषि तथा खाद्य संगठनले भने प्रतिव्यक्ति वार्षिक ९२ लिटर उपभोग गर्नुपर्ने जनाएको छ ।
रासस



