काठमाडौं । विश्व रक्तदाता दिवस तथा प्रथम राष्ट्रिय रक्त सम्मेलनको पूर्व सन्ध्यामा आज विहान प्रभातफेरी निकालिएको छ । रक्तदान गरौ, जीवन उपहार दिउँ भन्ने सन्देशका साथ भृकुटीमण्डपबाट निकालिएको -याली बसन्तपुर पुगेर सकिएको थियो । -यालीमा सरकारका मूख्य सचिव लीलामणी पौडेलले आफ्नो शरीरबाट खेर जाने रगत दान गरेर अरुको जीवन बचाउन सबैसँग आग्रह गरेका छन् ।
रक्तदान गर्दा कमजोर भइन्छ भन्ने मानसिकता त्याग्न जनचेतना आवश्यक भएको उनको भनाइ छ । राष्ट्रिय रक्त नीति कार्यान्वयन सफल बनाउन र रक्तदाताबाट संकलित रगतको उचित व्यवस्थापन गर्न सरकारले सहयोग गर्ने बचन उनले दिए ।



