भैरहवास्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान १२ दिनदेखि ठप्प

भैरहवा । विद्यार्थीको आन्दोलनका कारण भैरहवास्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान १२ दिनदेखि ठप्प छ । राजनीतिक दलको आडमा विद्यार्थी संगठन र कर्मचारीहरुले क्याम्पस बन्द गराउँदा विद्यार्थीहरुको पठन पाठन प्रभावित बनेको छ । नेकपा एमाले समर्थित प्रगतिशिल कर्मचारी संठगन र नेकपा माओवादी बैद्य समुह समर्थित राष्ट्रिय कर्मचारी संगठन नेपाल त्रिविले आफ्नो पक्षमा परेका क्याम्पस प्रमुखलाई सर्बोच्च अदालतले काम नगर्न तथा नगराउन आदेश दिएपछि एमाले समर्थित बिद्यार्थी र कर्मचारी संगठन क्याम्पस बन्द गरी आन्दोलनमा उत्रिएका हुन् ।


१५ महिनाको अबधिमा चार बटा क्याम्पस प्रमुखहरु फेरिएको उल्लेख गर्दै क्याम्पस प्रमुख परिवर्तनले क्याम्पसको पठनपाठन सहित कर्मचारी तलव भत्ता समेत प्रभावित भएको भन्दै क्यापसलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि स्थायि रुपमा क्याम्पस प्रमुख चाहिएको आन्दोलनरत कर्मचारी र विद्यार्थीहरुको माग छ ।


आन्दोलनका कारण जेठ ३१ गते देखि हुने पाचौ सेमेस्टरको परीक्षा समेत प्रभावित हुने अबस्थामा पुगेको छ । बिगत १५ महिनादेखि निमित्त क्याम्पस प्रमुखले क्याम्पस चलाईरहेका छन् । उता, राजनीतिक दलको आडमा केही कर्मचारी तथा बिद्यार्थीले क्याम्पसमा ताला लगाएको शिक्षकहरुको आरोप छ ।


 बिगत १५ महिना देखि निमित्त क्याम्पस प्रमुखको भरमा संचालन हुदै आएको क्याम्पसमा गत जेठ २ गते ४ बर्षे कार्यकालका लागि डिन कार्यालयको सिफारीस बिनै क्याम्पसका उप प्राध्यापक इन्द्र बहादुर थापाले त्रीवी कार्यकारी परिषदबाट क्याम्पस प्रमुखको नियुक्ति लीएर आएपछि क्याम्पसमा बिबाद सुरु भएको हो ।

 

RSS