जनकवि केशरी धर्मराज थापा उच्च रक्तचाप तथा प्यारालाइसिसका कारण आइसीयूमा

शिव शर्मा
कास्की – जनकवि केशरी धर्मराज थापा उच्च रक्तचाप  तथा प्यारालाइसिसका कारण  पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइसीयूमा राखेर  उपचार भइरहेको छ ।  पोखरा स्थित जन्मस्थान  बाटुलोचौरमा  बुधबार बिहान रक्तचाप बढेपछि फेवासिटी अस्पतालमा भर्ना गरिएकोमा अवस्था गंभीर भएपछि  पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रिफर गरिएको थियो ।  
८९ वर्षीय थापाको प्यारालाइसिसका कारण दाहिने हात र खुट्टा चल्दैन ।  झण्डै साता अघि काठमाडौंबाट पोखरा आएका थापालाई अझै पाँच दिन आईसियुमा राख्नु पर्ने  चिकित्सकले सल्लाह दिएको छोरा कुञ्जराज थापाले जानकारी दिए ।
हरियो डाँडामाथि, हलो जोत्ने साथी…. बोलको  चर्चित गीतका  लोक गायक थापा दर्जनौं  पुस्तक प्रकाशित भइसकेका छन् ।  २०१३ सालमा  राजा महेन्द्रले उनलाई जनकवि केशरीको उपाधि दिएका थिए ।  चर्चित लोकगायिका ज्ञानु राणा थापाकै छोरी हुन् ।