किष्ट बैंकमा बीएन घर्तिलाई नयाँ प्रमुख कार्यकारी नियुक्त

काठमाडौं  । किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवालीले दिएको राजीनामा बैंक सञ्चालक समितिको बैठकले स्वीकृत गरी बीएन घर्तिलाई नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ ।

 

घर्ति यसअघि सोही बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए ।


सिद्धार्थ विकास बैंकबाट पत्नी गौरी ज्ञवालीले लिएको कर्जा अनियमित ठहर भएपछि कमल विवादमा तानिएका थिए ।

बैकिंङ कसुर गरेको अभियोगमा ज्ञवाली पत्नी गौरी हाल प्रहरीको हिराशतमा छिन् । कमल ज्ञवाली किष्ट बैंकका प्रमुख प्रबद्र्धक हुन् ।


किष्ट बैंक हाल विभोर विकास बैंकसँग मर्जको प्रक्रियामा रहेको छ ।

 

RSS