काठमाडौं । बढ्दो सवारी जामलाई कम गर्न सडक फराकिलो बनाइरहेको सरकारले दीर्घकालीन समाधानका लागि केवलकार सञ्चालन गर्ने अवधारणा अघि सारेको छ । निजी क्षेत्रले समेत चासो देखाएपछि सरकारले उपत्यकाका सडकमाथि अर्वन केवलकार सञ्चालन गर्ने अवधारणा अघि सारेको हो ।
यसको वृहत् सम्भाव्यता अध्ययन गर्न भौतिक तथा योजना निर्माण मन्त्रालयले फ्रान्स सरकारलाई अनुरोध गरेको छ । फ्रान्सका केही लगानीकर्ता र नेपालका निजी क्षेत्रले अर्वन केवलकार सञ्चालन गर्नेबारे चासो देखाएका छन् ।
यसैबीच, निजी क्षेत्रद्वारा स्थापित काठमाडौँ एयर ट्रम एन्ड केवलकार प्रालिले सञ्चालन अनुमतिका लागि केहीअघि सरकारसँग प्रस्ताव गरेको थियो । उक्त कम्पनीले पनि सामान्य अध्ययन गरेर सम्भाव्य हुने ठह-याएपछि सरकार पनि अग्रसर भएको हो ।
रासस



