काठमाडौं । घोराही सिमेन्ट उद्योगले सगरथामा ब्राण्डको सिमेन्ट बजारमा ल्याएको छ ।
कम्पनीले विहिबार राजधानीमा पत्रकार सम्मेलन गरी सगरमाथा सिमेन्ट बजारमा ल्याएको औपचारिक जानकारी गराइएको हो । दाङको घोराहीमा रहेको कम्पनीले दैनिक १२ सय मेट्रिक टन क्लिङकर उत्पादन क्षमता राखेको बताइएको छ ।
सगरमाथा सिमेन्ट नेपाल गुणस्तर मापदण्ड अनुसारको ओपिसी सिमेन्ट रहेको बताइएको छ । सिमेन्ट ५३ ग्रेडको अन्तर्राष्ट्रिय मापदण्डको रहेको कम्पनीले जनाएको छ ।
सिमेन्टको गुणस्तर जाँच र अनुगमनका लागि नेपालमै पहिलो र एकमात्र एक्सरे एनाजाइजर सहितको प्रयोगशाला निर्माण गरेको पनि कम्पनीले जनाएको छ ।
RSS