रोपाईको समयमा रसायनिक मलमा कालोबजारी


 

धनकुटा  । सरकारले सहकारीमार्फत बिशेष सहुलियतमा कृषकलाई दिने रासायनिक मल धनकुटाका सहकारी सञ्चालकले ब्यापारीलाई बिक्री गरेको खुलासा भएको छ ।

 

सहकारीले कृषकको नाममा नक्कली बिल भरर्पाई बनाई मल लगेर बाटैबाट ब्यापारीलाई बचेको खुलेको हो । रोपाईको समयमा जिल्लामा मलको कालोबजारी बढेपछि यसको खुलासा भएको हो ।

 

कृषि विकास कार्यालय तथा कृषि सामग्री संस्थानले अनुगमन गर्न नसक्दा सरकारले बिशेष सहुलियतमा कृषकलाई दिएको रासायनिक मलको दुरुपयोग भएको कृषकहरुको भनाइ छ । मल बिक्रीको अनुमति पाएका जिल्लाकोे तेलिया सहकारी संस्था, हाम्रो उपभोक्ता सहकारी संस्थालगायतले यस्तो गरेको आरोप कृषकको छ ।

 

मलका लागि सिफारिस गर्ने कृषि विकास कार्यालय र मल दिने निकाय कृषि सामग्री संस्थानले भने यसप्रति अनभिज्ञता प्रकट गरेको छ ।

 

RSS