दोलखामा असार पहिलो सातामै ७५ प्रतिशत रोपाई सकियो

दोलखा । दोलखामा असार पहिलो सातामै ७५ प्रतिशत रोपाई सकिएको छ । 
दोलखा बेंशी, सुनखानी बेंशी, मार्बु बेंशी, सेरा बेंशी, काब्रे बेंशी, पवटी बेंशी, मेलुङ बेंशी, मार्बु बेंशी, कुथली बेंशी लगायतका बेंशीहरुमा ७५ प्रतिशतभन्दा बढी रोपाईं सकिएको जिल्ला कृषि विकास कार्यालय दोलखाले जनाएको छ ।
यो वर्ष जेठको सुरुमै वर्षा भएका कारण असार दोस्रो साता नवित्दै ७५ प्रतिशत भागमा रोपाई सकिएको हो । विगत वर्षहरुमा असार पहिलो सातासम्म ३५ प्रतिशतसम्म मात्र रोपाई हुने गरेको थियो । 
दोलखामा ३ हजार १ सय ४० हेक्टर खेतमध्ये २ हजार ४ सय हेक्टर खेतमा रोपाईं सकिएको कृषि कार्यालयले जनाएको छ ।
RSS