ताप्लेजुङ । पैसा कमाउन विदेश जाने नेपाली युवा युवति लर्को लागिरहेको बेला ताप्लेजुङका एक युवाले जिल्लामै व्यवसायिक बंगुर पालनबाट राम्रो आम्दानी गर्न थालेका छन् । ताप्लेजुङ दोखुका दिलकुमार लिम्बुले सुरुमा सानो लगानीबाट सुरु गरेको बंगुरपालन व्यवसाय अहिले आएर राम्रो आम्दानीको श्रोत बनेको छ ।
उनले केही स्थानिय युवालाई रोजगारी दिन समेत सफल भएका छन् । आफ्नै बारीमा खोर बनाई बंगुर पालन गरेका लिम्बुले ताप्लेजुङमा बंगुर र बच्चा विक्रिको लागि बजारको अभाव नभएको बताउंछन् ।
२ लाख रुपैयांको लगानीमा सुरु गरेको यो व्यवसायले सुरुको वर्षमानै ६ लाखसम्मको आम्दानी भएको उनको भनाई छ । यता जिल्ला पशु सेवा कार्यालयले पनि बंगुर व्यवसायिहरुलाई समय समयमा परामर्श तथा औषधि उपचारको सहयोग गर्ने गरेको छ । अहिले ताप्लेजुङमा बंगुर पालन व्यवसाय गर्नेको संख्या उच्च रहेको छ ।
RSS