रुपन्देहीमा ७८ लाखको लगानीमा व्यवसायीक पाडा पालन सुरु

-कृष्ण खनाल



रुपन्देही(मुर्गिया) । रुपन्देहीको दुधराक्ष गाविस वार्ड नम्बर-५ बासगढीमा निकट भविस्यमै कृर्षी रिर्साट स्थापना गर्नको लागि व्यवसायीक रुपमा पशुपालन सुरु गरिएको छ । विभिन्न पेशा तथा व्यवसायमा आवद्ध २७ जना व्याक्तिहरुले सामुहिकरुपमा प्रारुम्भीक व्यवसायीक पशुपालन अन्तर्गत रुपमा पाडा पालन सुरु गरेका हुन । वि.स. २०६९ फागुन ४ गते संस्था दर्ता गरी कृर्षि पशुपाल तथा अनुसन्धान केन्द्र(पराग नेपाल) नामक संस्था स्थापनागरेर व्यवसायीरुपमापाडा पालनसुरु गरिएको संस्थाका अध्यक्ष गोपाल काफ्लेले जानकारी दिए ।

 


 

निकट भविस्यमै कृर्षि तथा पशुपालन शिक्षलयको रुपमा विकसीत गर्नको लागि उक्त व्यवसाय सुरु गरिएको  पराग नेपालले जनाएका छ ।



व्यवसायीक रुपमा रुपन्देही जिल्लाको पश्चिम  क्षेत्रमा पहिलो पटक पाडा पालन सुरु गरिएको उक्त अनुसन्धान केन्द्रमा अहिले ९६ वटा पाडा पालन गरिएको छ ।

 

यस क्षेत्रमा माग हुने मासुको आपूर्ती गर्नुको साथै रुपन्देही जिल्लालाई मासुमा आत्मनिर्भर बनाउनको लागि पाडा पालन सुरु गरिएको अध्यक्ष काफ्ले बताउदछन । अहिले करिव एक सयको हाराहरीमा रहेको पडाहरुको संख्या छिटैनै करिव ५ सय पु