शेयर बजारमा पुन: गिरावट

काठमाडौं । सोमबार सामान्य सुधार आएको शेयर बजारमा मंगलबार पुनः गिरावट आयो ।

 

उतार चढावबीच बजार परिसूचक नेप्से शून्य दशमलब शून्य दुईको झिनो अंकले झरेर ४ सय ९४ दशमलब दुई आठ कायम भयो ।

 

वाणिज्य र वित्त समूह हरियो रहे भने अरु बाँकी समूहका सूचक रातो रहे ।

 

यसदिन नेपाल स्टक एक्सचेन्जमा ९६ कम्पनीको तीन लाख ६० हजार बराबर कित्ता शेयर ७ करोड २६ लाख रुपैयाँ बराबरमा खरिद विक्रि भएको एक्सचेन्जले जनाएको छ ।

 

RSS