काठमाडौं । सरकारले जनकपुर चुरोट कारखाना लिमिटेडका मजदुर तथा कर्मचारीलाई अवकाश दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले कारखानामा कार्यरत कर्मचारी तथा मजदुरलाई कानुन बमोजिम असार २० गतेबाट लागू हुनेगरी अवकाश दिने निर्णय गरेको हो ।
सरकारले कारखानाको सञ्चालक समितिलाई समेत खारेज गरेको सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
त्यस्तै अर्थमन्त्रालयले अनुमति मागे अनुसार सरकारले राष्ट्रिय मुद्रा संग्रहालयको स्वर्ण जयन्तीका उपलक्ष्यमा ५० रुपैयाँका २ हजार थान सुनका सिक्का तथा नेपाल रेडक्रस सोसाइटीको स्वर्ण जयन्तीको उपलक्ष्यमा १ हजार दरका चाँदीका सिक्का २ हजार थान निकाल्न स्वीकृत दिएको छ ।
आदिकवि भानुभक्तको २ शतकौं जन्मजयन्तीको अवसरमा भानु प्रतिष्ठानलाई १५ लाख रुपैयाँ दिने निर्णय समेत मन्त्रिपरिषदले गरेको छ । त्यस्तै सरकारले चमती जग्गा एकीकृत आयोजनाबाट पिकसित घडेरी फिर्ता तथा बिक्री गर्दा लाग्ने रजिष्ट्रेसन दस्तुर छुट दिने निर्णय गरेको छ ।
RSS