काठमाडौंमा नै उपचार गर्न सकिए पनि एमाओवादी पुष्पकमल दाहाल पत्नी सीताको उपचारको लागि सिंगापुरमा

काठमाडौ – काठमाडौंमा नै उपचार गर्न सकिए पनि  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको उपचारको लागि सिंगापुर लागेका छन् । 
उनी थाई एयरको बिमानबाट सिंगापुर प्रस्थान गरेका हुन् । दाहाल दम्पती ४ दिन सिंगापुरमा रहनेछन् । दाहाल र पत्नी सीता मात्रै सिंगापुर प्रस्थान गरेका छन् ।
सीताको सिंगापुरस्थित ट्याङ टोक सेङ अस्पतालमा उपचार गर्न लागिएको सचिवालयले बताएको छ । यो सिंगापुरको तेस्रो ठूलो अस्पताल हो ।
मृगौलाको समस्याबाट पीडित सीताको उपचारका लागि यसअघि पनि गत पुषमा थाईल्याण्डस्थित बुमरङ्गगार्ड इण्टरनेशनल अस्पतालमा लगिएको थियो ।
RSS / Arghakhanchi.Com