वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची – एमाओवादी नेता टोपबहादुर रायमाझीले मंसिर ४ गतेको चुनावपछि एमाले विघटन भएर हराउने दावी गरेका छन ।
। उनले मोहन वैद्य र उपेन्द्र यादव नआएपनि केही फकर नपर्ने र चुनाव कुनै हालतमा नरोकिने दावी गरे । सन्धिखर्कमा काग्रेस एमाले र राष्टिय जनमोर्चाबाट आएका नेतालाई पार्टी प्रवेश गराउदै उनले काग्रेस एमालेसग एजेण्टा नै नभएको जिकिर गरे ।
अब निर्वाचन पछि देश दुई समुहमा ध्रुवीकरण हुने र दुई समुह मात्रै अस्तित्वमा रहन्छन, उनले भने, अग्रमगनको एमाओवादीले गर्छ र यथास्थितिको काग्रेसले गर्छं, एमाले हराएरै जान्छ ।
काग्रेस अलि मजबुत छ तर एमाले विघटन हुदैन । केपी ओलीको पार्टीमा ८० प्रतिशत वर्चश्व भैसक्यो, माधव नेपाल र झलनाथ खनाल, वामदेव गौतमको अस्तित्व एमालेमा हराईसक्यो ओलीले खाईदिईसके, यसैमा ठुलो विवाद छ । उनीहर पदमा मात्रै छन, पछाडीका कार्यकर्ता विचल्लीमा छन, रामचन्द्र झा र उर्मिला अर्याल यही कारणले छाडेर आएका हुन, अरु पनि आउनेवाला छन ।
उनले बाबुराम भटराईले पद त्याग गरेर पदमै बसिरहने परम्परा त्यागेको बताउदै साउन ४ गतेपछि सबै समस्या हल हुने दावी गरे । चुनावमा विचार मिल्ने शक्तिसग तालमेल गरी बहुमत ल्याउने दावी गरे ।