काठमाडौं । विश्व बैंकले नेपाल सरकारलाई करिब २० अर्ब रुपैयाँ बराबरको ऋण तथा अनुदान सहयोग गर्ने भएको छ । बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए)ले नेपालका ३ वटा परियोजनाका लागि २० करोड ७० लाख ६० हजार अमेरिक डलर सहयोग गर्न लागेको हो । सोमबार अर्थ मन्त्रालयमा यस सम्बन्धी समझदारी भएको हो ।
समझदारीपत्रमा नेपाल सरकारकातर्फबाट अर्थ सचिव शान्तराज सुवेदी र विश्व बैंककातर्फबाट नेपालका लागि देशीय निर्देशक तहसिन शैयदले हस्ताक्षर गरे ।



