कृष्ण खनाल
शकरनगर । शकरनगर र करहिया सामुदायिक वनको जिल्ला वन कार्यालय रुपन्देहीमा विचाराधिन विवादित ८२ विगाहा जग्गाको मुद्धाको सुनुवाईका लागि यही असार २८ गते पेशी तोकिएको छ ।
सामुदायिक वनको नाममा रहेको ८२ विगाहा जग्गा भू माफियाले गैरकानूनि रुपमा ब्यक्तिका नाममा दर्ता गर्न खोजेपछि सामुदायिक वन र भूमाफिया विच विगत लामो समय देखि जग्गाको विषयलाई लिएर विवाद चल्दै आएको छ ।
सर्वोच्च अदलतले वनको जग्गा सम्वन्धि विवादको समाधान गर्ने अधिकार जिल्ला वन कार्यालयमा रहेको भनी विवाद समाधान गर्ने अख्तियार वन कार्यालयलाई दिएपनि वन कार्यालयले समयमै फैसला नगर्दा जग्गा दर्ताका लागि भू माफियाहरुको चलखेल वढेपछि सामुदायिक वनले छिटो वनको पक्षमा फैसला गर्न दवाव दिदै आएको छ ।
विवादित जग्गा सम्वन्धि मुद्धाको सुनुवाईका लागि तत्काल पेशी तोक्न माग गर्दै सामुदायिक वनका उपभोक्ताहरु असार १४ गते जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन गए पछि वन कार्यालयले असार २८ गतेका लागि मुद्धा सुनुवाईका लागि पेशि ताकेको हो ।
विवादित जग्गाको सुनुवाई हुने भएपछि शँकरनगर सामुदायिक वनले उक्त दिन सुनुवाई आफ्नो पक्षमा पार्न दवाव दिनका लागि करिव पाँच छ सय उपभोक्ता जिल्ला वन कार्यालयमा उतार्ने भएको छ ।
शँकरनगर सामुदायिक वनका अध्यक्ष दीलवहादुर कार्कीको अध्यक्षता र सचिव चन्द्रकला पौडेलको सँचालनमा मँगलवार भएको सर्वदलीय र सर्वपक्षिय भेलाले शँकरनगरका विभिन्न ठाउँमा विहान ८ वजे ६ वटा वस परिचालन गरी धेरै भन्दा धेरै उपभोक्ताहरुलाई वन कार्यालयमा लैजाने प्रश्ताव पारित गरेको छ ।
भेलाले सामुदायिक वनका सवै कार्य समिति, सल्लाहकार, उपभोक्ता, विभिन्न उपसमितिका पदाधिकारी, सदस्य, पार्टीका केन्द्र, जिल्ला, क्षेत्र र गाउँ कमिटिका प्रमुख तथा प्रतिनिधि, पत्रकार, कानून ब्यवसायी, प्राध्यापक, शिक्षक लगायतको सहभागितामा भैरहवा देवकोटा चोकवाट प्ले कार्ड र ब्यानर सहित वन कार्यालय जाने प्रश्ताव समेत पारित गरेको उपाध्यक्ष भिमलाल पाण्डेले जानकारी दिए ।
बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड , पुरै हरियो । जानकारीको लागि तलको लिंकमा क्लिक गरी आईएम अन्डरस्टाईनट