काठमाडौं । मंगलबार पनि शेयर बजारमा सुधार जारी रह्यो ।
बजार परिसूचक नेप्से निरन्तर जसो उकालो लागेर झण्डै ५ अंक बराबरले सकारात्मक रही ५ सय ५ दशमलब छ एकमा पुग्यो ।
कारोबार भएका अधिकांश जसो समूहका सूचक सकारात्मक रहेसंगै नेप्से सुधारिएको हो । बीमा समूहमा सबैभन्दा उच्च १३ अंकको बृद्धि भयो भने वाणिज्य बैंक समूह पनि ६ अंकले उकालो लाग्यो । जलविद्युत समूह ५ अंक बढीले बढ्यो । होटल समूह भने ऋणात्मक रह्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा ९० कम्पनीको ४ लाख ६२ हजार कित्ता शेयर ८ करोड ५२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
RSS