शेयर बजारको बृद्धि टिक्न सकेन

काठमाडौं  । पछिल्ला दुई दिन उल्लेख्य दरले उकालो शेयर बजारको बृद्धि बुधबार टिक्न सकेन । बजार परिसूचक नेप्से सामान्य अंकले ऋणात्मक रहेर ५ सय ५ दशमलब तीन दुई कायम भयो । शुरुमा सकारात्मक रहेर ३ अंक बराबरले सुधार भैसकेको नेप्से ओरालो लाग्दै अन्तिम समयमा ऋणात्मकमा थामिएको हो ।


टेलिकम सूचिकृत अन्य समूहको सूचकमा ३६ अंकको उच्च गिरावट आएसंगै नेप्से प्रभावित भएको हो । बिमा, जलविद्युत र वाणिज्य बैंक समूह भने उकालो लागे । बीमा समूहमा १८ अंकको सुधार भयो ।


जलविद्युत समूहमा करिब ९ अंकको बृद्धि भयो भने वाणिज्य बैंक समूह पनि ५ अंकले उकालो लाग्यो । यस दिन नेपाल स्टक एक्सचेन्जमा ८९ कम्पनीको २ लाख ४८ हजार कित्ता शेयर ८ करोड ७७ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

RSS