रौतहटमा जिल्ला वन कार्यालयद्धारा अतिक्रमित वन क्षेत्रमा वृक्षारोपण

रौतहट । रौतहटमा जिल्ला वन कार्यालयले अतिक्रमित वन क्षेत्रमा वृक्षारोपण गरेको छ । 
जिल्ला वन कार्यालय रौतहट अन्तर्गत रंगपुर रेन्जपोष्टमा पर्ने अतिक्रमित वनक्षेत्रमा आज वृक्षारोपण गरिएको हो । 
प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले विरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गरेका थिए । राष्ट्रपति चुरेसंरक्षण कार्यक्रमको बजेटबाट रंगपुर साझेदारी वन उपभोक्ता समूहको स्वामित्वमा रहेको रंगपुर वनक्षेत्रको २५ हेक्टर वनक्षेत्रमा वृक्षारोपण गरिएको हो । 
उक्त क्षेत्रमा वृक्षारोपण गर्न ६ लाख २५ हजारको बजेट विनियोजन गरिएको छ । रौतहटको वनमा तीन वर्षदेखि राष्ट्रपति चुरेसंरक्षण कार्यक्रम लागू भएपनि उपलब्धी भने हासिल हुन सकेको छैन ।
RSS