आर्थिक वर्षको अन्त्यमा कर उठाउने काममा कडाई

काठमाडौं  । सरकारले आर्थिक वर्षको अन्त्यमा कर उठाउने काममा कडाई गरेको छ । सरकारले आय करको तेस्रो तथा अन्तिम किस्ताको शतप्रतिशत रकम र घर बहाल कर तिर्न करदाताहरुलाई आब्हान गर्दै शनिवार पनि कर कार्यालयहरु खोलेर कर संकलन गरेको छ ।


आर्थिक बर्ष सकिन दुई दिन बांकी छँदा अन्तिम दिनमा चाप पर्ने आंकलन गरी कर कार्यालयहरु खोलिएको आन्तरिक राजश्व विभागले जनाएको छ । आर्थिक वर्ष सकिन लाग्दा सेवाग्राहीलाई सहयोग पुगोस् भनेर शनिबार पनि कार्यालय खोलिएको कर कार्यालयका अधिकारीहरु बताएका छन् ।

करदातालाई सहयोग पु-याउन भन्दै शनिबार पनि कर कार्यालयहरु खोलिकोमा सेवाग्रहीको उपस्थिति भने नगन्य थियो । करदाताहरुले आर्थिक वर्ष २०६९