काठमाडौं । मंगलबार उच्च अंकले घटेको शेयर बजार परिसूचक नेप्से बुधबार पुनः सुधारिएको छ । उतार चढावबीच नेप्से २ अंक बढीले सुधारिएर ५ सय ११ दशमलब छ एक कायम भयो । कारोबार भएको केही समयमै ऋणात्मक बनेको नेप्से अपरान्हपछि सुधारिएको हो ।
अन्य र वित्त बाहेक कारोबार भएका अरु समूहका सूचक सकारात्मक रहेसंगै नेप्से सुधारिएको हो । यसदिन जलविद्युत समूहमा २१ अंकको उच्च बृद्धि भयो । बीमा समूहमा पनि १० अंकको बृद्धि भयो भने वाणिज्य बैंक समूहम पनि ३ अंकले उकालो लाग्यो ।
यसदिन ८५ कम्पनीको २ लाख ७४ हजार कित्ता शेयर ८ करोड २३ लाख रुपैयाँ बराबरमा खरिद



