उपभोक्तालाई असुरक्षा हुने गरी ग्यास सिलिण्डरको नेक रिङ र फुट रिङ काट्ने तथा कम तौलको ग्यास बजारमा पठाउने कार्य गरिरहेको भन्दै ग्यास विक्रेताहरु आन्दोलित

काभ्रे  । ग्यास उद्योगहरुले उपभोक्तालाई असुरक्षा हुने गरी ग्यास सिलिण्डरको नेक रिङ र फुट रिङ काट्ने तथा कम तौलको ग्यास बजारमा पठाउने कार्य गरिरहेको भन्दै ग्यास विक्रेताहरु आन्दोलित भएका छन । 
आइतबार भएको वार्ता विना निष्कर्ष टुंगिएपछि ग्यास विक्रेताहरुले विक्रीमा रोक लगाउँदा-लगाउँदै ग्यास विक्री गरेको भन्दै आज विक्रेताहरुले काभ्रेको जनागालमा रहेको गौरीशंकर ग्यास उद्योगमा ताला लगाईदिएका छन । 
आफ्ना माग पुरा नभएसम्म तालाबन्दी जारी राख्ने एलपी ग्यास व्यवसायी संघका सल्लाहकार नातीबाबु कुँवरले हामीलाई बताए । कुँबरले सरकारले उद्योगलाई बढाएको कमिशन समेत पाउनुपर्ने माग अघि सारेको बताए । 
ग्यास व्यवसायी संयुक्त संघर्ष समितिको आह्वानमा काभ्रेका वितरक र विक्रेताहरु शुक्रबारदेखि नै उद्योगीहरुविरुद्ध आन्दोलनमा उत्रिएका हुन् । 
श्रावण ४ देखि नै उद्योगबाट ग्यास नउठाएका व्यवसायीले श्रावण ९ गतेसम्ममा नेपाल एलपी ग्यास उद्योग संघले मागको सुनुवाई नगरे श्रावण १० गतेबाट सिलिण्डरहरु सम्बन्धित उद्योगमै फिर्ता पठाउने चेतावनी दिएका छन् । 
काभ्रेमा रहेका ४ वटै उद्योगमा काम काज ठप्प भएको जनाइएको छ । काभ्रेमा दैनिक करिब ७ हजार सिलिण्डर ग्यास खपत हुँदै आएको छ । 
RSS