काठमाडौं । साताको अन्तिम दिन बिहिबार पनि शेयर बजार परिसूचक नेप्से वियरिस ट्रेण्डमै थामियो । बुधबार तीन अंक बढिले घटेको नेप्से विहिबार आधा अंक बराबरले घटेर ५ सय २९ दशमलब शून्य सात कायम भयो ।
धनात्मकबाट शुरु भै निरन्तर ओरालो लाग्दै २ अंक बराबरले झरिसकेको नेप्से अन्तिम समयमा सुधारिएको हो । यसदिन आधा समूह हरियो रहे भने आधा रातो ।
बीमा,जलविद्युत, अन्य र होटल समूह सकारात्मक रहेका हुन् भने वित्त, वाणिज्य बैंक, उत्पादनमूलक र विकास बैंक समूह ओरालो लागे ।



