धनकुटामा यस बर्ष धान झण्डै ५० प्रतिशतले बृद्धि

धनकुटा  । धनकुटामा यस बर्ष धान झण्डै ५० प्रतिशतले बृद्धि भएको छ । 
अघिल्लो बर्ष एक हजार पाँच सय हेक्टरमा गरिएको खेतीबाट ३ हजार ९ मेट्रिक टन मात्र चैते धान उत्पादन भएकोमा यो बर्ष ४ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
धानमा लाग्ने फड्के र अन्य रोग नलागेको, सिंचाई र रासायनिक मल उपलब्धता बढेकाले यो वर्ष राम्रो धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका अधिकारीहरुको भनाई छ । 
जिल्लाको लेगुवा, बेलाहारा, मारेकटहरे, सान्ने, जीतपुर लगायतका अन्य गाविसमा तौली, चैते चार, बेलगुटी नामका उन्नत जातको धान खेती गरिंदै आएको छ ।
RSS