ताप्लेजुङ । ताप्लेजुङको पापुङ गाउँ विकास समितिमा हावाहुरीले फल्न लागेको मकैको बोट भाँच्दा लाखौं मुल्य बराबरको क्षति भएको छ ।
पापुङ गाविसको वडा नं २ र ५ मा गएराति आएको हावाहुरीले मकैसहितको बालीनाली नष्ट गरेको हो । स्थानीयका अनुसार भर्खरै मात्र दोहोरो गोडिसकेको मकैको बोट भाँच्चिँदा करिब पाँच लाख मुल्य बराबरको क्षति भएको छ ।
यस क्षेत्रमा खाद्यान्नका रुपमा जौ, गहुँ, आलु र मकै मात्र हुने भएकाले कृषकले लगाएको मकै बाली हावाले सखाप हुँदा कृषक मर्कामा परेका छन् ।
RSS