शेयर बजार सामान्य सकारात्मक

काठमाडौं । बुधबार पनि शेयर बजार सामान्य सकारात्मक रह्यो । बजार परिसूचक नेप्से डेढ अंक बढीले सकारात्मक रहेर ५ सय ४७ मा पुग्यो । कारोबार शुरु भएदेखि निरन्तर उकालो लागेर ५ अंकले सुधार भैसकेको नेप्से पछि झर्न थालेको हो ।


अन्य बाहेक अरु कारोबार भएका समूह हरियो रहेसंगै नेप्से सकारात्मक रहेको हो । जलविद्युत समूह सबैभन्दा उच्च ७ अंकले उकालो लाग्यो । अन्य समूह भने ९ अंकले ओरालो लाग्यो ।


यस दिन कारोबार परिमाण पनि उच्च रह्यो । यस दिन नेपाल स्टक एक्सचेन्जमा ९६ कम्पनीको ५ लाख ४७ हजार कित्ता शेयर २० करोड १६ लाख रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

RSS