काठमाडौं । पछिल्ला दिन निरन्तर उकालो लाग्न थालेको शेयर बजार साताको अन्तिम दिन विहीबार भने ऋणात्मक रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से करिब १ अंकले झरेर ५ सय ४६ दशमलब आठ तीन कायम भयो ।
सुरुमा धनात्मक रहेको नेप्से अपरान्ह पछी ऋणात्मक बनेको हो । वाणिज्य बैंक समूह बाहेक कारोबार भएका सबै समूह रातो रहे । बीमा समूह सबैभन्दा उच्च १४ अंकले बढ्यो ।



