उपभोक्ताको स्वास्थमाथि खेलबाड गर्दै आएका ६ पानी उद्योग सिलबन्दी


 

काठमाडौं । सरकारले अनुगमन बढाएपनि उपत्यकामा सञ्चालित पानी उद्योगहरुले गुणस्तरीयता कायम नगरी उपभोक्ताको स्वास्थमाथि खेलबाड गर्दै आएको पाइएको छ ।

 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गरेका प्राय उद्योगमा कैफियत भेटिएको हो । आइतबार मात्र चार वटा पानी उद्योग सिलबन्दी गरेको विभागले मंगलबार थप दुई पानी उद्योग सिलबन्दी गरेको छ ।

विभागले काठमाडौं कोटेश्वरस्थित सांग्रिला स्प्रिंग ड्रिंकिङ बेभरेज र एक्वा प्यासिफिक बेभरेज सिलबन्दी गरेको हो । सांग्रिलाबाट उत्पादित पानीमा हानीकारक सूक्ष्म जीवाणु कोलिफर्म र फिकल कोलिफर्म पाइएको विभागले जनाएको छ ।


त्यस्तै एक्वा प्यासिफिकले अनुज्ञापत्र नै नलिई उद्योग सञ्चालन गरेको पाइएको छ । प्रशोधित पानी उद्योगबाट उत्पादित पानीको गुणस्तरमा सुधार नभएसम्म उद्योग सिलबन्दी गरिने विभागले जनाएको छ ।

 

RSS