आगामी महिना हुने भनिएको शिखर वार्ता अमेरिकाले रद्द गरेकामा रुस निराशा

अमेरिका र रुसबीच आगामी महिना हुने भनिएको शिखर वार्ता अमेरिकाले रद्द गरेको छ । वार्ता रद्द गरेकामा रुसले भने निराशा व्यक्त गरेको छ ।

 

आगामी महिना रुसमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच वार्ताको कार्यक्रम तय भएको थियो । तर अमेरिकी गोप्य लिखत सार्वजनिक गर्ने एक जासूसलाई शरण दिएपछि अमेरिका र रुसबीचको सम्बन्ध चिसिएको छ ।

 

रुससँग वार्ता गर्ने द्विपक्षीय एजेण्डामा खासै प्रगति नभएको र साझा विषयमा सकारात्मक परिणाम ननिकल्दासम्म वार्ता नगर्नु नै ठीक हुने ह्वाइटहाउसले प्रष्ट गरेको छ ।

जासूसी गर्ने एडवर्ड स्नोडेनलाई शरण दिनु निराशाजनक कदम भन्दै अमेरिकाले मिसाइल रक्षा प्रणाली र मानवअधिकार जस्ता विषयमा पनि खास प्रगति नभएको जनाएको छ । यद्यपि, सेप्टेम्बरमा पीटर्सबर्गमा हुने जी