चितवन । कार्यकर्ता रिहाईको माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले आज चितवन बन्दको आह्वान गरेको छ ।
बन्दको कारण शैक्षिक संस्था, बजार र यातायात ठप्प छन् । भारतीय नागरिकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका तरुण दल भरतपुर नगर समितिका उपाध्यक्ष प्रमिश राई र कार्यकर्ता यमबहादुर कार्कीलाई विना शर्त रिहाई गर्नुपर्ने माग राख्दै तरुण दलले बन्दको आह्वान गरेको हो ।
उता, जवरजस्ती बजार बन्द गराउंदै हिडेका तीन जनालाई नारायणगढको पुल्चोकबाट प्रहरीले पक्रेको छ । विना सर्त रिहाईको माग गर्दै हिजो तरुण दलले नारायणगढमा आधा घण्टा चक्का जाम समेत गरेको थियो ।
पक्राउ परेकालाई प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाई म्याद थपेको छ । विभिन्न दलका भ्रातृ संगठनको पटक पटकको बन्दले पछिल्लो समय चितवनको जनजीवन प्रभावित हुंदै आएको छ ।
RSS