अखिल भारत नेपाली एकता मञ्चको गुडगावमा सास्कृतिक कार्यक्रम सम्पन्न

गुडगाव – अखिल भारत नेपाली एकता मञ्च दिल्ली राज्य समिति अन्तर्गत रहेको दक्षिण र उत्तर गुडगावको संयुक्त अयोजना तथा व्यवस्थामा नेपाली जनसांस्कृतिक परिवार, गुडगावका कलाकारले हरियाणाको विनौला गाउको नेपाली एकता कोलनीमा सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

 

कार्यक्रममा एकता मञ्चका केन्द्रीय महासचिव गोपाल कुवरको प्रमुख अतिथिय र अन्य अतिथिहरुमा एकता मञ्च दिल्ली राज्य अध्यक्ष भिम कान्त घिमिरे, केन्द्रीय सदस्यहरु राम सिंह कुवर, हरि थापा राज्य सदस्यहरु बाबुलाल नेपाली, वुद्धिराम बस्नेत र महिला नगर अध्यक्ष कमला नेपाली रहनुभएको थियो ।

 

राज्य सदस्य नारायाण थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन किसन सापकोटले गर्नुभएको थियो ।

 

कलाकारहरुमा विष्णु के.सि, कमला वि.क, अशोक अधिकारी, अंकिता, पुजा, प्रयोगिता, सरिता, सुस्मा, सोनीया, मोनिका, पिङकि र प्रेम वि.क रहनुभएको छ ।