विश्वेश्वरप्रसाद कोइरालाको आज एक सयौं जन्मजयन्ती, देशभर विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको आज एक सयौं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । यस अवसरमा वर्षैभर शतवार्षिकी मनाउने तयारी विभिन्न संघसंस्थाहरुले गरेका छन् हो । एक सय वर्ष अगाडि आजैका दिन जन्मनु भएका कोइराला नेपाली प्रजातान्त्रिक आन्दोलनका कहिल्यै नओइलाउने नाम हुनुहुन्छ ।

 

विश्व समाजवादी आन्दोलनका अगुवासमेत रहनुभएका वीपी कोइरालाको समाजवादी विचारधारा नेपालका लागि यद्यपी सान्दर्भिक मानिन्छ । विक्रम सम्वत १९७१ साल भदौ २४ गते भारतको बनारसमा जन्मनु भएका कोइरालाको बिसं २०३९ साउन ६ गते निधन भएको थियो ।

 नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाले एकतन्त्रीय राणाशासन र पञ्चायत विरोधी आन्दोलनको नेतृत्व गर्नुभएको थियो । बिसं २०१७ साल पुस १ गते कोइराला प्रधानमन्त्रित्वको सरकारलाई अपदस्त गरी तत्कालीन राजा महेन्द्रले मलुकमा दलविहीन पञ्चायती व्यवस्था लागु गरेपछि वीपीले ८ वर्ष जेल जीवन बिताउनुभएको थियो ।


त्यसलगत्तै २०२५ सालमा भारत निर्वासनमा जानुभएका वीपी विदेशीका कारण नेपालको आन्तरिक राष्ट्रियतामा आघात पुगेको निष्कर्र्षसहित राष्ट्रिय मेलमिलापको नीति लिएर बिसं २०३३ सालमा नेपाल फर्किनु भएको थियो ।
 
नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पु