कमल पराजुली – राप्रपा नेपालले राजासहितको प्रजातन्त्र र धार्मिक स्वतन्त्रता सहित सनातन हिन्दु राष्ट्रको प्रस्तावसहित घोषणा पत्र सार्वजनिक गरेको छ ।
काठमाडौंमा सार्वजनिक गरेको घोषणा पत्र राप्रपा नेपालले राष्ट्रप्रमुख संबैधानिक राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री सरकार प्रमुख हुने शासकीय स्वरुपको अवधारणा अगाडी सारेको छ ।
एक जना व्यक्ति बढीमा दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाउने पनि उल्लेख छ ।
तल्लो र माथिल्लो गरि दुई सदनात्मक व्यवस्थापिकाको परिकल्पना गरेको राप्रपा नेपालले माथिल्लो सदनमा प्रत्यक्ष र समानुपातिकबाट २ सय ७ र तल्लो सदन ६० सदस्यीय हुने भनेको छ ।
घोषणा पत्रमा धर्म परिवर्तनलाई पुरै निरुत्साहित गर्ने, सबै धर्मलाई समान स्वतन्त्रता प्रदान गर्ने, सबै मातृभाषालाई राष्ट्रिय भाषाको रुपमा संरक्षण गर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताउनुभयो । राप्रपा नेपालले भौतिक पुर्वाधार, गरिबी निवारण, आवास, स्वास्थ्य शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेको छ ।
मुख्य बुँदाहरु
मुख्य नारा : सकारात्मक परिवर्तन
मुख्य एजेन्डा :