पर्वतमा साइत हेराएर कांग्रेसको चुनाब प्रचार शुरु

पर्वतमा नेपाली कांग्रेसले ज्योतिष शास्त्र अनुसार साइत हेराएर चुनाब प्रचार प्रसार सुरु गरेको छ ।
क्षेत्र नं १ को चुवा गाबिसको लालेश्वर मन्दिरमा पूजा सहित बैदिक मन्त्रोच्चारण गरेर प्रचार शुरु गरिएको नेपाली कांग्रेसले जनाएको छ ।
शुभसाइतमा चुनाब प्रचार शुरु गर्ने निर्णय अनुसार पूजाआजा गरेर प्रचार शुरु गरिएको कांग्रेस क्षेत्रीय प्रचार प्रमुख रामप्रसाद बाँस्तोलाले बताउनुभयो ।
चुनाबी कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ का उम्मेदवार अर्जुनप्रसाद जोशीले संबिधानसभाको निर्बाचनमा पर्वतका दुबै क्षेत्रमा कांग्रेसले जित्ने  दाबी गर्नुभयो ।