राष्ट्रलाई विघटनबाट जोगाउन राष्ट्रिय जनमोर्चालाई जिताऔं – मोहन विक्रम सिंह
आश्विन २४ गते, २०७० मा प्रकाशित
विनोद गैरे सनिधखर्क,अर्घाखाँची राष्ट्रिय
जनमोर्चा अर्घाखाँचीको प्रशिक्षण भेला असोज २३ गते सन्धिखर्कमा सम्पन्न
भएको छ । भेलालाई प्रमुख अतिथि ने.क.पा.(मसाल)का महामन्त्री क. मोहन विक्रम
सिंहले प्रशिक्षण दिदै गणतन्त्रलाई संस्था गर्न र राष्ट्रियताको रक्षा
गर्न तथा संघीयताको खारेजी गर्न आगामी संविधानसभाको निर्वाचनमा राष्ट्रिय
जनमोर्चाका उम्मेदवारहरुलाई ठूलो संख्यामा विजयी बनाउनु पर्ने बताउनु भएको छ ।
उहाँले चार राजनीतिक शक्तिको आत्मसमपर्णवादी नीतिका कारण देशमा वैदेशिक
हस्तक्षेप बढेको बताउँदै देश फिजीकरणको दिशामा गैरहेको औंल्याउनु भयो ।
उहाँले काँग्रेस र एमालेलाई जित्दै एकीकृत माओवादीले भारतीय विस्तारवादको
दलाली गरेको समेत बताउनु भयो । उनीहरुको त्यसप्रकारको राष्ट्रघाती र
दलालीपूर्ण प्रवृतिका कारण नेपालको हरेक क्षेत्रमा भारतले नाड्डो प्रकारले
हस्तक्षेप गरेको बताउनु भयो ।
चार राजनीतिक दलहरुको अदूरदर्शी र सत्ता केन्द्रित राजनीतिका कारण
०६२/०६३को जनआन्दोलनका उपलब्धिहरु संस्थागत हुन नसक्दा गणतन्त्र खतरा पर्दै
गएको बताउँनु भयो । नेकपा